३ मिनेट अगाडी
काठमाडौँ भदौ ५ गते । सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खलाहरू रहेको नेपालका लागि पर्वतीय पर्यटन केवल साहसिक गतिविधि मात्र नभई विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रको बलियो आधार हो। महामारीका कारण सुस्ताएको यो क्षेत्र हालैका वर्षहरूमा पुनः पुरानै लयमा फर्किएको छ। सन् २०२१ को तुलनामा सन् २०२५ सम्म आइपुग्दा पदयात्रा तथा पर्वतारोहणका लागि आउने विदेशी पर्यटकको सङ्ख्या ५.८ गुणाले बढेर १ लाख ६५ हजार ५६ पुगेको छ, जसले नेपाल आउने कुल पर्यटकमा १४.२ प्रतिशत हिस्सा ओगट्छ।


पर्वतीय पर्यटनको आर्थिक प्रभाव केवल रोयल्टीमा सीमित छैन। सोलुखुम्बुका मेरा पिक, आइल्यान्ड पिक र लोबुजे जस्ता हिमालहरूबाट मात्रै हजारौँ आरोहीले अनुमति लिँदा स्थानीय होटल, गाइड, भरिया, सञ्चार, यातायात र कुकहरूले प्रत्यक्ष लाभ पाएका छन्। एउटा पर्यटक नेपाल प्रवेश गरेदेखि फर्किंदासम्म एक दर्जनभन्दा बढी नेपालीले रोजगारी पाउने हुँदा यसको लाभ गाउँ-गाउँसम्म पुग्ने गर्छ। यसका साथै नेपाल पर्वतारोहण सङ्घमार्फत सन् २०२५ मा मात्रै करिब २० करोड रुपियाँ रोयल्टी सङ्कलन भएको छ।


पर्वतीय पर्यटनलाई अझ दिगो र प्रतिस्पर्धी बनाउन सगरमाथामा मात्र सीमित नभई नयाँ आरोहण गन्तव्यहरूको विकास गर्नु आवश्यक छ। दक्ष जनशक्ति उत्पादनका लागि सिटिइभिटी स्वीकृत पाठ्यक्रममा व्यावसायिक माउन्टेन गाइड तालिमहरू सञ्चालन भइरहेका छन्। अर्कोतर्फ, जलवायु परिवर्तनका कारण पग्लिँदै गएका हिमनदी र सुरक्षा चुनौतीलाई सम्बोधन गर्दै हिमाल संरक्षणमा जोड दिनु आजको मुख्य आवश्यकता बनेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















































