गाईघाट, भदौ ५ गते । लामो समयदेखि बोरा अभावका कारण उद्योगकै भकारीमा थन्किएको उदयपुर सिमेन्ट उद्योगको ‘गैँडा छाप’ सिमेन्ट बिक्री सुरु भएको छ। उद्योग प्रशासनले नयाँ बोराको व्यवस्था गरेपछि उच्च गुणस्तरको तयारी सिमेन्ट धमाधम बिक्री गर्न थालिएको हो।
उद्योगका निमित्त महाप्रबन्धक वैधनाथ झाका अनुसार चितवनस्थित आशीर्वाद पोली प्यालक्स प्रा.लि.बाट ५३ हजार १८७ थान बोरा आयात गरी दैनिक ५०० बोराका दरले सिमेन्ट प्याक गरेर बिक्री भइरहेको छ। प्रतिबोरा ७२५ रुपियाँका दरले बिक्री गर्दा बिहीबारसम्म उद्योगले करिब १४ लाख ५० हजार रुपियाँ आम्दानी गरिसकेको बिक्री शाखा प्रमुख मीरा राईले जानकारी दिनुभयो। हाल उद्योगसँग करिब चार करोड रुपियाँ बराबरको ४० हजार बोरा तयारी सिमेन्ट र दुई करोड रुपियाँ बराबरको क्लिङ्कर मौज्दात छ।
यद्यपि, गत फागुनदेखि मुख्य उत्पादन कार्य पूर्ण रूपमा बन्द हुँदा उद्योगमा आर्थिक सङ्कट गहिरिएको छ। उद्योगको कूल दायित्व ५ अर्ब ३० करोड रुपियाँभन्दा बढी पुगेको छ भने कर्मचारीहरूले नियमित तलब पाउन सकेका छैनन्। लामो समयदेखि मेसिन तथा उपकरणहरू निष्क्रिय रहँदा खिया लाग्न थालेको र सरकारी स्वामित्वको यो उद्योग बन्द हुँदा अधिकांश कर्मचारी कामविहीन बनेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























