

काठमाडौँ, भदौ ४ गते । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनको जिम्मेवारीप्रति मन्त्रालय पूर्ण रूपमा संवेदनशील रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद् प्रभावितहरूको उद्धार तथा राहतसम्बन्धी सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले आवश्यक सबै कदम चालिरहेको स्पष्ट पार्नुभयो।
विपद् राहतसम्बन्धी विद्यमान कानुनी व्यवस्थाबारे स्पष्ट पार्दै मन्त्री गुरुङले एक परिवारबाट एक व्यक्तिले मात्र लाभ पाउने नियम रहेको जानकारी दिनुभयो। यदि एकभन्दा बढी व्यक्तिले राहत पाउनुपर्ने भएमा विपद्अघि नै अंशबण्डा भई अलग बसेको हुनुपर्ने प्रावधान रहेको उहाँको भनाइ छ। यस व्यवस्थालाई परिमार्जन गर्न र स्थानीय तहलाई थप जिम्मेवार बनाउन विपद् प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरी काम अघि बढाइएको उहाँले बताउनुभयो।
साथै, स्थानीय पालिका भवन निर्माण संहिता पालनाका लागि आवश्यक समन्वय र सहजीकरण भइरहेको उहाँले उल्लेख गर्नुभयो। विपद् व्यवस्थापन तीनै तहका सरकार (सङ्घ, प्रदेश र स्थानीय) को साझा जिम्मेवारी भएकाले सबै तहबीच प्रभावकारी समन्वय र सहकार्यका साथ काम भइरहेको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























