काठमाडौँ, असोज २० गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चार सचिव राजेन्द्रकुमार पौडेलबिच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।
सोही अवसरमा सञ्चार सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुखहरू तथा गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सुरक्षण मुद्रण केन्द्र, राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण संस्था र विज्ञापन बोर्डका प्रमुखहरूले समेत कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र नियमावली, २०७७ को व्यवस्थाअनुसार मन्त्रालयका कार्यक्रमहरूलाई थप जिम्मेवार, परिणाममुखी र मापनयोग्य बनाउन यो सम्झौता गरिएको हो। यसअघि गत भदौ ३ गते प्रधानमन्त्री वालेन्द्र शाह र सञ्चारमन्त्री डा. तिमिल्सिनाबिच पनि चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता भइसकेको छ।
कार्यक्रममा बोल्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले कार्यसम्पादन सम्झौतालाई औपचारिकतामा सीमित नगरी दैनिक कार्यसम्पादन र वार्षिक लक्ष्य प्राप्तिको महत्वपूर्ण दस्तावेजका रूपमा लिनुपर्ने बताउनुभयो। सुशासनमा सरकारको शून्य सहनशीलताको नीति रहेको स्मरण गराउँदै मन्त्री तिमिल्सिनाले सम्झौतामा तोकिएका लक्ष्यहरू निर्धारित समयभित्र पूरा नभए सम्बन्धित पदाधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्न सकिने कानुनी व्यवस्था रहेको स्पष्ट पार्नुभयो।

कार्यसम्पादन सम्झौतामा डिजिटल प्रविधिको पहुँच वृद्धि, ४जी (4G) तथा ‘फिक्स्ड ब्रोडब्यान्ड‘ सेवाको राष्ट्रिय विस्तार, वित्तीय अनुशासन, र नागरिकका गुनासोहरूको १०० प्रतिशत फछ्र्यौट गर्ने जस्ता महत्वपूर्ण सूचकहरू समेटिएका छन्। सञ्चारसचिव राजेन्द्रकुमार पौडेलले तोकिएका माइलस्टोनहरू हासिल गर्न मन्त्रालय र मातहतका सबै निकायहरू समयतालिका अनुसार प्रतिबद्ध भएर लाग्ने बताउनुभयो।
प्रमुख निकाय, पदाधिकारी तथा सम्झौताका मुख्य सूचकहरू
| निकाय / पद (Entity / Designation) | प्रमुख पदाधिकारी (Key Officials) | कार्यसम्पादन सम्झौताका मुख्य सूचकहरू (Key Indicators) |
| सूचना तथा सञ्चार मन्त्रालय |
डा. विक्रम तिमिल्सिना (मन्त्री) राजेन्द्रकुमार पौडेल (सचिव) |
• सुशासन र वित्तीय अनुशासन: नागरिकका गुनासो १००% फछ्र्यौट गर्ने • निरन्तर मूल्याङ्कन: लक्ष्य पूरा नभए जिम्मेवारीबाट मुक्त गरिने |
| गोरखापत्र संस्थान | हिक्मतबहादुर रावल (महाप्रबन्धक) | • सेवा प्रवाह सुधार: सार्वजनिक सूचना र समाचारको पहुँच विस्तार |
| नेपाल दूरसञ्चार प्राधिकरण | अर्जुन घिमिरे (अध्यक्ष) | • पूर्वाधार विस्तार: दूरसञ्चार सेवाको गुणस्तर सुधार र नियमन |
| नेपाल टेलिकम | सङ्गीता पहाडी (अर्याल) (प्रबन्ध निर्देशक) | • प्रविधि विस्तार: देशभर ४जी (4G) र फिक्स्ड ब्रोडब्यान्ड सेवाको पहुँच |
| सुरक्षण मुद्रण केन्द्र | देवराज ढुङ्गाना (कार्यकारी निर्देशक) | • सुरक्षित मुद्रण: उत्पादन र कार्यसम्पादनमा दक्षता वृद्धि |
| राष्ट्रिय समाचार समिति (रासस) | सन्दीप राई (महाप्रबन्धक) | • समाचार सेवा: आधुनिक डिजिटल प्रविधिमार्फत समाचार वितरण |
| सार्वजनिक सेवा प्रसारण संस्था | उर्वशी बस्न्यात (कार्यवाहक अध्यक्ष) | • प्रसारण पहुँच: गुणस्तरीय एवं उत्तरदायी सार्वजनिक प्रसारण |
| विज्ञापन बोर्ड | सन्तोष श्रेष्ठ (अध्यक्ष) | • विज्ञापन नियमन: पारदर्शी र व्यवस्थित विज्ञापन प्रणाली |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










