08/08/2026, 21:55:45
शनिबार, साउन २३, २०८३

कञ्चनजङ्घामा बढ्यो पर्यटकको चहलपहल, एक वर्षमा आए १,३३१ विदेशी


ताप्लेजुङ, साउन १३ गते । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ३३१ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका अनुसार तीमध्ये ७९ जना सार्क राष्ट्रका र एक हजार २५२ जना अन्य विदेशी पर्यटक हुन् । सबैभन्दा बढी पर्यटक कात्तिकमा ६०७ जना आएका थिए ।

गत आ.व.मा ४९ जना नेपालीले पनि कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । पर्यटकबाट कार्यालयले भ्रमण शुल्कबापत २७ लाख २८ हजार चार सय रुपियाँ राजस्व सङ्कलन गरेको छ । यसअघि आर्थिक वर्ष २०८१/८२ मा एक हजार ३८० पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।

पर्यटकको वर्गपुरुषमहिलाजम्मा
सार्क राष्ट्रका पर्यटक६८११७९
अन्य विदेशी पर्यटक८१३४३९१,२५२
जम्मा विदेशी पर्यटक८८१४५०१,३३१
नेपाली पर्यटक४८४९