08/20/2026, 10:12:45
बिहिबार, भदौ ०४, २०८३

पन्छी रोग प्रयोगशालाद्वारा एक वर्षमा ७ हजार कुखुराको पोष्टमार्टम


चितवन, भदौ ४ गते । चितवनस्थित राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षको अवधिमा १६ जिल्लाका कुखुरापालक किसानका ७ हजार कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरेको छ।

रोग पहिचान र परीक्षणको अवस्था

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टमका साथै १,५०० नमुना परीक्षण गर्दा कुखुरामा १० प्रकारका मुख्य रोगहरू देखिएका छन्:

इकोलाई: २२%
गम्बारो: १३%
घ्यारघ्यार रोग (CRD): ९%
ढुसीजन्य रोग: ९%
CCRD: ४%
साल्मोनेलोसिस: ३.५%
अन्य सङ्क्रमण: एभिएन इन्फ्लुएन्जा, कुखुराको हैजा, आइबी (IB) र रानीखेत।

द्रुत तथा अन्य प्रयोगशाला परीक्षणका नतिजा

एभीएन इन्फ्लुएन्जा: २७८ नमुना परीक्षणमा ४७ वटामा सङ्क्रमण।
गम्बारो: १७६ नमुना परीक्षणमा १०९ वटामा सङ्क्रमण।
रानीखेत: ९९ नमुना परीक्षणमा ७ वटामा रोग पुष्टि।
आइबी (IB): ४६ नमुना परीक्षणमा २ वटामा सङ्क्रमण।
साल्मोनेला (PAT विधि): ३६९ नमुनामध्ये १२ वटामा सङ्क्रमण।
माइकोप्लाजमा: ३६० नमुना परीक्षणमा १६ र १८४ इलाइजा परीक्षणमा ३८ वटामा पुष्टि।
चिकेन इन्फेक्सस एनेमिया भाइरस (CIAV): १८४ परीक्षणमध्ये ९२ वटामा सङ्क्रमण।
नमुना कल्चर: ९०० नमुना कल्चर गर्दा ७८९ वटामा सङ्क्रमण पुष्टि भएको छ।

प्रयोगशालाले सङ्क्रमण पुष्टि भएका किसानहरूलाई उपयुक्त एन्टीबायोटिक प्रयोगसम्बन्धी परामर्श दिएको छ। डा. श्रेष्ठका अनुसार कुखुरामा रोगको जोखिम कम गर्न farm हरूमा जैविक सुरक्षा (Biosecurity) अपनाउनु अत्यन्त आवश्यक छ।