08/20/2026, 21:52:30
बिहिबार, भदौ ०४, २०८३
पर्यटन विधेयक २०८१

‘पर्यटन विधेयक २०८१’ लाई दीर्घकालीन, प्रभावकारी र फराकिलो बनाउनुपर्नेमा जोड


काठमाडौँ, भदौ ४ गते । काठमाडौँ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सरोकारवालाहरूले ‘पर्यटन विधेयक २०८१’ लाई दीर्घकालीन, प्रभावकारी र फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन्। छलफलका क्रममा अबको पर्यटन ग्रीन (हरित), आरोग्य, धार्मिक र वैवाहिक जस्ता नवीन शैलीमा केन्द्रित हुनुपर्ने धारणा राखिएको थियो।

होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले विधेयकको वर्तमान मस्यौदा क्यासिनो विस्तारमा मात्र बढी केन्द्रित भएको भन्दै आपत्ति जनाउनुभयो। उहाँले चारतारे र पाँचतारे होटेलले क्यासिनो सञ्चालन गरेबापत अनिवार्य रूपमा १० प्रतिशत शेयर दिनुपर्ने बाध्यकारी व्यवस्था हटाउन माग गर्नुभयो।

समितिकी सभापति सुमनिमा उदासले पर्यटन क्षेत्र देशको गौरव, अर्थतन्त्रको बलियो आधार र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको माध्यम भएको बताउनुभयो। सरोकारवालाका राय र सुझावहरूलाई गम्भीरतापूर्वक लिँदै विधेयक संशोधन प्रक्रिया अघि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।