नारायणगढ, भदौ ५ गते । चितवनको भरतपुरमा सञ्चालनमा रहेको चारतारे होटेल सिराइचुली अन्तर्राष्ट्रिय होटेल ब्रान्ड ‘बेस्ट वेस्टर्न’ सँग आबद्ध भएको छ। दुई पक्षबिच सम्झौता भएसँगै होटेलले अब ‘बेस्ट वेस्टर्न सिराइचुली’ नामबाट सेवा विस्तार गर्ने भएको छ।


संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको बेस्ट वेस्टर्न र सिराइचुली होटेल लिमिटेडबिच बिहीबार भएको सम्झौतापत्रमा सिराइचुलीका अध्यक्ष चूडामणि खनाल र बेस्ट वेस्टर्नका प्रतिनिधि (चीन, नेपाल र मङ्गोलिया विभागका सहायक प्रमुख) हेरि ड्याङले हस्ताक्षर गर्नुभएको हो। यो सहकार्यसँगै होटेलले अन्तर्राष्ट्रिय बुकिङ प्रणालीमार्फत विदेशी पर्यटकहरूमाझ पहुँच विस्तार गर्ने र विश्वव्यापी मान्यताप्राप्त मापदण्ड अनुसार सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।


७१ वटा सुविधासम्पन्न कोठाहरू रहेको यो चारतारे होटेलमा सभा हल, तीन वटा रेस्टुरेन्ट तथा बार, रुफटप स्विमिङ पुल, जिम र स्पालगायतका आधुनिक सुविधाहरू उपलब्ध छन्। स्थानीय पहिचान र नेपाली आतिथ्यलाई कायम राख्दै गुणस्तरीय सेवा दिने योजना बनाएको यस होटेलको प्रवेशले प्रमुख पर्यटकीय गन्तव्य चितवनको पर्यटन व्यवसाय र होटेल क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। Best Western ले विश्वका १०० भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























