

ललितपुर, भदौ ५ गते । ललितपुरको बालकुमारीदेखि बल्खुसम्मको ७.९ किलोमिटर चक्रपथ सडक खण्डमा स्मार्ट सडकबत्ती जडान गरी पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ। चक्रपथ निर्माण सम्पन्न भएको सात वर्षपछि ललितपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त सहकार्यमा यो आयोजना सम्पन्न भएको हो।


नयाँ प्रणाली सञ्चालनमा आएसँगै बालकुमारी, सातदोबाटो, एकान्तकुना हुँदै बल्खुसम्मको सडक खण्डमा रात्रिकालीन यात्रा थप सहज र उज्यालो भएको छ। ललितपुर महानगरपालिकाले यसलाई रातिको समयमा सडक सुरक्षा अभिवृद्धि गर्न तथा पैदलयात्री र सवारीसाधनको यात्रालाई सुरक्षित बनाउने महत्त्वपूर्ण पूर्वाधारका रूपमा अघि बढाएको जनाएको छ।


बुधबार साँझ आयोजित एक कार्यक्रमका बिच गृहमन्त्री सुधन गुरुङ र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले संयुक्त रूपमा उक्त स्मार्ट बत्तीको उद्घाटन गर्नुभएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















