फिदिम, साउन ३० गते । पाँचथरको याङवरक गाउँपालिका–२ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तिम्बुङ पोखरी आसपासका हिमाली चौरहरू यतिबेला ‘केञ्जो’ फुलेर ढकमक्क र सेताम्मे बनेका छन्।
समुद्र सतहबाट करिब चार हजार तीन सय मिटरभन्दा माथिको घाँसे मैदान तथा चट्टानी भूभागमा फुल्ने यी फूलहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएका छन्। हरिया पातमाथि तह–तहमा सेता पत्र फैलाउँदै उभिएका केञ्जो टाढाबाट हेर्दा हिमाली चौरमा उभिएका सेता टावरजस्तै देखिने भएकाले स्थानीयवासी र पर्यटकहरूले यसलाई ‘हिमाली टावर’ तथा केञ्जो फक्रिने चौरलाई ‘केञ्जो गार्डेन’ भन्ने गर्छन्।


केञ्जो ढकमक्क फुलेपछि मनोरम दृश्यावलोकन गर्न, तस्बिर तथा भिडियो खिच्न र हिमाली वातावरणको आनन्द लिन आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। यद्यपि, दुर्लभ तथा औषधीय गुण भएको मानिने यो फूल पर्यटकको चापसँगै संरक्षणको चुनौतीमा परेको छ। केही आगन्तुकहरूले फुलेका बोट भाँच्ने र उखेल्ने गर्न थालेकाले हिमाली चौरको यो प्राकृतिक सौन्दर्य जोगाउन फूल नटिपिदिन र बोट-बिरुवालाई क्षति नपुर्याउन स्थानीय पर्यटन व्यवसायी तथा स्थानीयवासीले आग्रह गरेका छन्।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























