

हेटौँडा, भदौ ४ गते । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
उहाँ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको हो। नवगठित सरकारलाई प्रदेशसभाका ६३ जना सांसदको बलियो समर्थन प्राप्त रहेको छ।
थापालाई मुख्यमन्त्री बनाउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ गरी कुल ६३ जना प्रदेशसभा सदस्यले समर्थन जनाउनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























