

काठमाडौँ, जेठ २१ गते । अनलाइन किनमेल गन्तव्य दराज नेपालले ६.६ मिड इयर सपिङ फेस्ट घोषणा गरेको छ ।
यस अवसरमा आकर्षक डिल्स, विशेष ब्रान्ड अफर, भुक्तानीमा छुट सुविधा तथा रोमाञ्चक गिभअवे उपहार समावेश गरिएको दराजले जनाएको छ ।
यो अभियान २२ जेठदेखि २७ जेठसम्म सञ्चालन हुने दराजको भनाइ छ । यस अवधिभर ग्राहकले विभिन्न क्याटेगोरीका उत्पादनमा ७५ प्रतिशतसम्मको छुट, नि:शुल्क होम डेलिभरी तथा विशेष भौचरको उपयोग गरी आकर्षक लाभ उठाउन सक्ने कम्पनीले बताएको छ ।


यी अफरका माध्यमबाट उपभोक्ताको मध्यवर्षीय किनमेललाई अझ लाभदायक बनाउने कम्पनीको विश्वास छ । योजना अवधिभर ग्राहकले दराजका लोकप्रिय ब्रान्डबाट विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































