

काठमाडौँ, जेठ २० गते । सूचना तथा सञ्चार मन्त्रालयले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आह्वान गरेको गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा ३५ जनाको आवेदन परेको छ ।
मन्त्रालयले तोकेको अन्तिम म्याद (जेठ १८) भित्र योग्यता पुगेका इच्छुक व्यक्तिले दरखास्त पेस गरेका हुन् । सो पदका लागि मन्त्रालयले जेठ ७ गते दरखास्तसम्बन्धी सार्वजनिक सूचना गरेको थियो ।
यसै गरी सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा २८ जनाको आवेदन स्वीकृत भएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । यसैबिच मन्त्रालयले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा दरखास्त दिने ३३ जना उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































