06/02/2026, 11:16:36
मङ्गलबार, जेठ १९, २०८३

कालीगण्डकी किनारमा सम्पर्कविहीन एक किशोरीको शव फेला


रामपुर (पाल्पा), जेठ १९ गते । आइतबार रातिदेखि सम्पर्कविहीन एक किशोरीको शव कालीगण्डकी नदी किनारमा फेला परेको छ । रामपुर नगरपालिका–८, झेरुछाप बगनासी बस्ने १६ वर्षीय अस्मिता सारु मगर सोमबार साँझ मृत अवस्था भेटिएको हो ।

रामपुर ८, खैरेनी वन नजिकै कालीगण्डकी किनारमा उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । आइतबार रातिदेखि घरपरिवारसँग सम्पर्कविहीन सारुले प्रयोग गर्ने मोबाइल फोन कालीगण्डकी नदीको रामपुर–८ र स्याङ्जाको चापाकोट नगरपालिका ९ निर्दिमको झोलुङ्गे पुलमा फेला परेको थियो ।

त्यस पश्चात आफन्त र प्रहरीले खोजी कार्य सुरु गरेका थिए । नदीमा माछा मार्ने गएका व्यक्तिहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

– इमान सिं राना