10/08/2026, 12:05:08
बिहिबार, असोज २२, २०८३
नेपाली कांग्रेस १५औँ महाधिवेशन

नेपाली कांग्रेस १५औँ महाधिवेशन: सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा ८१८ जनाको उम्मेदवारी (नामावली सहित)


काठमाडौँ, असोज २१ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि कुल ८१८ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार पदाधिकारीतर्फ ७९ जना र केन्द्रीय सदस्य पदका लागि ७३९ जनाले मनोनयन दर्ता गराउनुभएको छ।

पदाधिकारीतर्फ सभापतिमा ३ जना, वरिष्ठ उपसभापतिमा १ जना (एकल), उपसभापतिमा १५ जना, महामन्त्रीमा ११ जना र सहमहामन्त्रीमा ४९ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, ३५ वर्षमुनिका युवाका लागि आरक्षित केन्द्रीय सदस्य पदमा मात्रै ९१ जनाको उत्साहजनक उम्मेदवारी दर्ता भएको छ।

केन्द्रीय सदस्यका विभिन्न खुला, समावेशी, प्रदेशगत तथा विशेष क्षेत्रहरूमा नेताहरूले मनोनयन दर्ता गराएका छन्। निर्वाचन समितिले प्रारम्भिक छानबिनपछि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरेको छ।

उम्मेदवारीको वर्गीकरण तथा तथ्याङ्क

समूह / पद (Category / Post) उम्मेदवार सङ्ख्या (Number of Candidates)
पदाधिकारी (कुल) ७९
• सभापति ३
• वरिष्ठ उपसभापति १ (एकल)
• उपसभापति १५
• महामन्त्री ११
• सहमहामन्त्री ४९
केन्द्रीय सदस्य (कुल) ७३९
• खुला केन्द्रीय सदस्य ९२
• महिला (खुला) ३१
• प्रदेशगत समूह १९४
• युवा (३५ वर्षमुनि) ९१
• आदिवासी जनजाति ७६
• खसआर्य ६८
• दलित ५४
• पेशागत तथा विषयगत क्षेत्र ४४
• मधेशी ४२
• नेपाली जनसम्पर्क समिति (विदेश) ३६
• मुस्लिम २३
• अल्पसंख्यक तथा अपांगता १९
• प्रजातन्त्र सेनानी, सहिद तथा द्वन्द्व प्रभावित १८
• थारू १७
• श्रमिक ९
• पिछडिएको क्षेत्र ८
• काठमाडौँ उपत्यका ६
जम्मा कुल उम्मेदवारी ८१८

यस्तो छ उम्मेदवारहरूको प्रथम नामावली