

काठमाडौँ, जेठ १४ गते । नेपाली काँग्रेसबाट निर्वाचित दुई वडाध्यक्ष पदबाट हटाइएका छन्। गुल्मीका दुई स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले सूचना जारी गरेको हो।
मुसिकोट नगरपालिका-२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका-३ का वडाध्यक्ष पदमा बहादुर विष्ट पदमुक्त भएका हुन्। दुवै जना पछिल्लो समय काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको विवरण सार्वजनिक भएको थियो।
दल परिवर्तनसम्बन्धी आन्तरिक निर्णय र केन्द्रीय कार्यसम्पादन समितिको सिफारिससहितको कागजात निर्वाचन आयोगमा प्राप्त भएपछि आयोगले उनीहरूको पद रिक्त भएको औपचारिक जानकारी गराएको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































