

बागलुङ, बैशाख ३० गते । प्रहरीले पशुपंक्षीसम्बन्धी कसुर दस जनालाई पक्राउ गरेको छ । मासु खाने प्रयोजनका लागि जिउँदो गोरु काटीरहेको अवस्थामा प्रहरीले पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाखानीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
सोमबार बेलुका गोरु बध गरिहेको सूचना पाएपछि घोसाखानी पुगेको प्रहरी निरीक्षक तिलक मानन्धर नेतृत्वको टोलीले गोरुको मासु, मासु काट्न प्रयोग गरिएका हतियारसहित उनीहरुलाई पक्राउ गरिएको गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा घोसाखानीका ४० वर्षीय लालबिर विक, सोही स्थानका २१ वर्षीय सरोज सुनार, ५५ वर्षीय यमबहादुर रोका, ५३ वर्षीय तिलप्रसाद सुनार, ४० वर्षीय रिमप्रसाद सुनार, ६० वर्षीय थामबहादुर सुनार, ४६ वर्षीय विमल विक, २२ वर्षीय विनोद सुनार, ३० वर्षिय जालबहादुर कामी र ३७ वर्षीय भक्तबहादुर कामी हुनुहुन्छ ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार, स्थानीय चैते विकसँग बस्ने भक्तबहादुर सुनारले पाल्न लगाएको गोरु काटिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याई जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी कसूर (गाई गोरु मार्न वा काट्न नहुने) मा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
मुलुकी फौजदारी संहिता अनुसार गाइ वा गोरु काट्ने व्यक्तिलाई ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यसका साथै कसैले गाई वा गोरुलाई कुटी अंगभंग भएमा निजलाई ६ महिना कैद र अन्य चोट पुर्याएमा ५० हजारसम्म जरिवाना गरिने ऐनमा उल्लेख छ ।
– रामकृष्ण बोहरा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































