

कास्की, वैशाख ६ गते । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दुःख दिने १६ महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार जिल्ला कास्की लेकसाइड एरियामा रातिको समयमा विभिन्न महिलाले आन्तरिक तथा बाह्य पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक कृयाकलाप बढ्दै गइरहेको भन्ने अत्याधिक जनगुनासो आइरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले वैशाख ५ गते लेकसाइड वडा एरियामा निरीक्षण गरेको थियो ।
प्रहरीले रातको समयमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विभिन्न किसिमका प्रलोभन देखाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट कार्य गर्ने तथा अनैतिक कृयाकलाप गर्ने कार्यमा संलग्न १६ जना महिलाहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको पाण्डेले जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































