काठमाडौँ, फागुन २७ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै स्थापना गरेको विभिन्न विशेष इकाइहरू बन्द गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थापना गरेको विभिन्न विशेष इकाई तथा समन्वय केन्द्रहरू बन्द गरेको जानकारी गराएको हो ।
निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकारवाला निकायबिच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको थियो
मतदाता र आम सर्वसाधारणका निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि २०८२ माघ ५ गतेदेखि कल सेन्टर र सुरक्षा निकायबिच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि २०८२ माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको थियो ।
मतदान एवम् मतगणना सकिएसँगै ती इकाइ तथा समन्वय केन्द्रहरू मंगलबारको निर्णय अनुसार आजदेखि लागू हुनेगरी बन्द गरिएको आयोगले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
