काठमाडौँ, साउन २५ गते । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। साथै, बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू पेस गर्नुका साथै राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको प्रस्तावसमेत पेस गरिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
यसैबिच, आजै संसद्का विभिन्न चारवटा विषयगत समितिको बैठकहरू पनि बस्दैछन्। निर्धारित कार्यसूची अनुसार पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो। ती बैठकहरूमा राष्ट्रिय गौरवका आयोजना, विधेयक, राष्ट्रिय सदाचार नीति तथा कार्यविधिका विषयमा छलफल हुनेछ।


आज प्रस्तुत हुने विधेयक तथा प्रस्तावहरू
| प्रस्तुतकर्ता / तर्फ | विधेयक / प्रस्तावको नाम |
|---|---|
| अर्थमन्त्री डा स्वर्णिम वाग्ले | कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ |
| कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम | मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ |
| युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव | बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ |
| प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट मन्त्री सोविता गौतम | संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् |
| प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट मन्त्री सोविता गौतम | नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ (राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित) पारित गरियोस् |
संसदीय समितिहरू र छलफलका विषयहरू
| समितिको नाम | समय | मुख्य छलफलको विषय |
|---|---|---|
| शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति | बिहान ९:०० बजे | राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ |
| पूर्वाधार विकास समिति | बिहान १०:०० बजे | राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदन |
| विकास, आर्थिक मामिला तथा सुशासन समिति | बिहान ११:३० बजे | राष्ट्रिय सदाचार नीति, २०८३ को कार्यान्वयन |
| सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति | – | समितिको बैठक सञ्चालन कार्यविधि |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























