

काठमाडौँ, जेठ १९ गते । फिफाका पूर्वअध्यक्ष स्ट्यान्ले रौसले सन् १९७० को विश्वकपका बेला नै विश्वकपमा २४ टिम खेलाउने मुद्दा उठाउनुभएको थियो । सन् १९८२ मा उहाँको प्रस्ताव पारित भयो । फिफाका तत्कालीन अध्यक्ष जाओ ह्याभलान्जका कारण यसले मूर्तरूप पाएको थियो । विश्वकप एक पटक फेरि युरोपमा फर्किएको थियो र आयोजक थियो स्पेन ।
विश्वकपमा सहभागी टिमको सङ्ख्या बढेका कारण सेमिफाइनलमा पुग्ने टिमको निक्र्योल गर्न दुई राउन्ड रोविन चरण खेलाइने भयो । युरोपेली भूमिमा विश्वकप आयोजना हुन लागेको भए पनि दक्षिण अमेरिकी टिमहरू दाबेदार देखिएका थिए । जिको, इडियर र सोक्रेटस जस्ता खेलाडीको जमात रहेको ब्राजिल राम्रो लयमा थियो र प्रारम्भिक चरणमा ब्राजिल सबैको ध्यान तान्न सफल पनि भयो ।
गत विजेता अर्जेन्टिना डियगो म्याराडोना जस्ता प्रतिभाशाली खेलाडी लिएर आएको थियो । चार वर्षपहिले टिममा परे पनि खेल्न नपाएका म्याराडोनामाथि सबैको नजर थियो तर गत विजेता अर्जेन्टिना पहिलो खेलमै पराजित भयो ।
प्रतिस्पर्धाको कुरा गर्र्दा सशक्त टिम इटाली तीन खेलमा बराबरीमा खेलेर सङ्घर्ष गरी दोस्रो चरणमा पुग्यो तर अचानक राष्ट्रिय टिममा पुनरागमन गरेका स्ट्राइकर पाब्लो रोसीसँगै इटाली विश्वकपमा चम्कियो । इटालीले ब्राजिललाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । त्यसपछि पोल्यान्डलाई पनि २–० ले पाखा लगाएर इटालीले फाइनलमा आफूलाई उभ्याएको थियो ।
पश्चिम जर्मनी बलियो टिम भए पनि यस विश्वकपमा असाधारण टिम भने थिएन । जर्मनीले स्पेन र इङ्ग्ल्यान्डलाई हराएर सेमिफाइनलमा प्रवेश ग¥यो । सेमिफाइनलमा पश्चिम जर्मनी र फ्रान्सबिच रोमाञ्चक खेल भयो । सो खेल अतिरिक्त समय खेल्दा पनि ३–३ ले बराबरीमा सकियो र निर्णय टाइब्रेकरबाट हुने भयो । पेनाल्टी सुटआउटमा जर्मनीका गोलरक्षक सुमाखरले बेजोड प्रदर्शन गर्दा फ्रान्स प्रतियोगिताबाट पाखा लाग्यो ।
उता रोसीको एक्लो प्रयाससमेत जर्मनीका लागि फाइनलमा तगारो बन्यो । इटालीले पश्चिम जर्मनीलाई सजिलै ३–१ ले हराएर विश्वकप उपाधि पुनः एक पटक हासिल ग¥यो । यस जितसँगै ब्राजिलले तीन पटक विश्वकप जितेर बनाएको कीर्तिमानको बराबरी गर्न पनि इटाली सफल भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































