09/04/2026, 11:13:56
शुक्रबार, भदौ १९, २०८३

त्रिशूली–३ ‘ए’ सुरुङभित्रबाट जीवितै उद्धार गरिएका शाह र महर्जनको उपचार जारी


काठमाडौँ, भदौ १९ गते । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको उपचार भइरहेको नेपाली सेनाले जनाएको छ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार उद्धार गरिएकामध्ये कबीर महर्जनलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ भने अर्का उद्धार गरिएका सञ्जय शाहको नुवाकोटस्थित त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।

उद्धार गरिएकामध्ये ३० वर्षीय शाह (स्थायी ठेगाना: कोइलाडी-८, सप्तरी) माथिल्लो त्रिशूली ३ ‘ए’ मा र ४५ वर्षीय महर्जन (स्थायी ठेगाना: बालकुमारी-३, काठमाडौँ) जलविद्युत् स्वचालन परियोजनामा कार्यरत हुनुहुन्थ्यो।