

काठमाडौँ, भदौ १० गते । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।
नेपाल आजको खेलमा दोस्रो जित निकाल्ने लक्ष्यमा छ। नेपालले प्रतियोगितामा तीन खेल खेलिसकेको छ। जसमा एक खेलमा जित र दुई खेलमा पराजित हुँदै दुई अंक जोडेको नेपाल नौ टोली सहभागी सिरिजको सातौँ स्थानमा रहेको छ। त्यसैले सेमिफाइनलको सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नैपर्ने दबाबमा छ।
नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो। त्यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले तथा दोस्रो खेलमा बंगलादेश हाइपरफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको थियो।
यता एसिटीको टोली भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। एसिटीले अहिलेसम्म खेलेका तीनवटै खेलमा हार बेहोरेको छ। त्यसैले दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण हुनेछ।
यस संस्करणको टप एन्ड टी–२० सिरिजका लागि नेपाल ‘ए’ टोलीको कप्तानी अनिलकुमार शाहले गरिरहेका छन्। टोलीमा कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाह आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री रहेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































