09/04/2026, 15:26:36
शुक्रबार, भदौ १९, २०८३

मध्यरातमा सूर्य उदाउने अनौठो सहर: जहाँ महिनौँसम्म न सूर्य अस्ताउँछ, न त उदाउँछ


नर्वे, भदौ १९ गते । नर्वेको ट्रम्सो सहर आफ्नो अनौठो दिन र रातको चक्रका लागि विश्व प्रसिद्ध छ। पृथ्वी आफ्नो कक्षमा २३.५ डिग्री झुकेका कारण यहाँ मे देखि जुलाईसम्म हप्तौँ सूर्य अस्ताउँदैन भने नोभेम्बरदेखि जनवरीसम्म महिनौँसम्म सूर्य नै उदाउँदैन।

यसै विशेषताका कारण यसलाई ‘आर्कटिकको पेरिस‘ वा ‘मध्यरातमा सूर्य उदाउने सहर‘ भनिन्छ। जाडो यामको अँध्यारोमा मानिसहरू कृत्रिम प्रकाश र भिटामिन डीमा निर्भर हुन्छन् भने गर्मी यामको २४ सै घण्टाको उज्यालोमा सुत्न सकस हुन्छ।

यस्तो अनौठो प्राकृतिक अवस्थालाई ट्रम्सोवासीहरू पोलर नाइट फेस्टिबल र मिडनाइट सन म्याराथनजस्ता पर्वका रूपमा मनाउँछन्। जाडोमा आकाशमा देखिने सुन्दर गुलाबी light अर्थात् ‘अरोरा (नर्दन लाइट्स)‘ हेर्न र ह्वेल अवलोकन, कुकुर दौड तथा स्किइङ जस्ता साहसिक गतिविधिको आनन्द लिन हरेक वर्ष हजारौँ पर्यटक यहाँ पुग्छन्।

साथै, ध्रुवीय क्षेत्र र जलवायु अनुसन्धानका लागि यहाँ रहेको आर्कटिक विश्वविद्यालयका कारण वैज्ञानिकहरूका लागि यो सहर एक विशेष प्रयोगशालाजस्तै बनेको छ।