09/08/2026, 21:48:05
मङ्गलबार, भदौ २३, २०८३

रवीन्द्र ढाँट ‘रोड टू यूएफसी सिजन-५’ को फाइनलमा


काठमाडौँ, भदौ १२ गते । नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन-५ को फाइनल पुग्न सफल भएका छन् । आज भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डका कासिब मोर्डोचलाई हराउँदै उनी फाइनल पुग्न सफल भएका हुन् ।

उनी अन्तिम चरणमा सानदार कमब्याक गर्दै फाइनल पुग्न सफल भएका हुन् । तीन राउण्डको खेलमा रेफ्रीको डिसिजनको आधारमा रवीन्द्र विजयी भए । उनले अब फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने छन् ।