05/25/2026, 16:50:30
सोमबार, जेठ ११, २०८३

२७ अङ्कले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार


काठमाडौँ, जेठ ११ गते  । सोमबार सेयर बजार दोहोरो अङ्कले बढेको छ । सातको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८५ बिन्दुले बढेर २७८६.३५ बिन्दुमा पुगेको हो ।

यो दिन  ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहको सूचक मध्ये १२ वटाको सूचकमा हरियाली छाएको छ । म्युचुअल फन्डको सूचक घटेको छ ।

आज बजारमा २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन आएको छैन । सबैभन्दा धेरै वृद्धि थ्रिस्टार हाइड्रोपावरमा ९.०१ रुपैयाँले हुँदा सुपर खुदी, अप्पर हेवाखोला, माया खोला र रिडिज लाइनका सेयर लगानीकर्ताले कमाएका छन् ।

सबैभन्दा धेरै गिरावट बुंगल हाइड्रोपावरमा १०.३२ प्रतिशतले भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ ।

आँखु खोलाको ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिडि पावरको ३० करोड, एपीआई पावरको १८ करोड, नेसनल हाइड्रोको १५ करोड र न्यादी गुप्रको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..