काठमाडौँ, जेठ ७ गते । सेयर कारोबार मापक नेप्से परिसूचक १२.३६ अंकले घटेको छ । शून्य दशमलव ४४ प्रतिशतको गिरावटपछि २ हजार ७४२ दशमलव ११ अंकमा कायम भएको छ ।
कारोबारमा आएकामध्ये ७२ कम्पनीको सेयर मूल्य बढ्यो, १८८ कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो । सामूहिक लगानी कोषको शून्य दशमलव शून्य ३ अंकले सेयर मूल्य बढ्यो भने व्यापार उपसमूह स्थिर रह्यो । होटल तथा पर्यटन ६८.३३, निर्जीवन बिमा ४६.१४, जलविद्युत्को २६.६५ अंकले मूल्य घट्यो ।
प्रभु बैंक डिबेञ्चर २०८७ को ६.६२, बुंगल हाइड्रो लिमिटेडको ६.१८, लक्ष्मी बैंक डिबेञ्चर २०८६ को ५.७६, माछापुछ्रे बैंक डिबेञ्चर २०८५ को ४.३१, एभरेष्ट बैंक लिमिटेड डिबेञ्चरको ३.९० प्रतिशतले सेयर मूल्य बढ्यो ।
अप्पर लाहोर खोला हाइड्रोपावरको १४.९५, झापा इनर्जी लिमिटेडको ८.१२, माउन्टेन हाइड्रो नेपालको ७.४०, नबिल डिबेञ्चर २०८५ को ४.२४, सिटी होटल लिमिटेडको ३.८० प्रतिशतले सेयर मूल्य घट्यो ।
कुल ४४ हजार ७४४ पटकको सेयर कारोबारमा ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































