06/10/2026, 01:23:49
मङ्गलबार, जेठ २६, २०८३

साढे ३९ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौँ, वैशाख २९ गते । सेयर कारोबार मापक नेप्से परिसूचकमा मंगलबार ३९.४४ अंकले घटेको छ । सोमबारको तुलनामा १.४१ प्रतिशतले घटेर समग्र नेप्से २७४४.४० अंकमा ओर्लेको छ । अघिल्लो दिन ३८ अंकले बढे पनि त्यो सुधार मंगलबारसम्म टिकेन ।

मंगलबार कारोबारमा आएकामध्ये १३ कम्पनीको मूल्य बढ्यो र २५१ कम्पनीको मूल्य घट्यो र ५ वटाको स्थिर रह्यो ।

सो दिन कुल ६२ हजार ५१२ पटकको सेयर किनबेचमा १ एक करोड ६ लाख ७८ हजार ५५५ कित्ता सेयर खरिद बिक्री भए । किनबेचमा ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम लगभग बराबर हो । सोमबार ४ अर्ब ३१ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामुहिक लगानी कोषबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।