

गुल्मी, वैशाख १५ गते। गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा नम्बर(५ बम्घाको सन्नेसी ताग्ला–दोबाटा सडक खण्ड अवरुद्ध हुने भएको छ।
सन्नेसी ताग्ला–दोबाटा सडकअन्तर्गत यस सडक खण्डमा सडक निर्माण कार्य गर्नुपर्ने भएकोले मङ्गलबारदेखि जेठ १५ गतेसम्म सडक बन्द गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव पौडेलले जानकारी दिनुभयो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार न्यू प्रकृति निर्माण एण्ड सप्लायर्सका निर्माण व्यवसायीबाट यस खण्डमा सडक निर्माणको काम हुनेभएको छ। यहाँ निर्माणको काम गर्नका लागि निर्माण व्यवसायीले सडक बन्द गर्न आग्रह गर्दै गाउँपालिकामा निवेदन पेश गर्नुभएको थियो। यस समयावधिमा सडक पूर्ण रूपमा बन्द गर्न लागिएकाले वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहयोग गरिदिन गाउँपालिकाले आग्रह गरेको छ।
निर्माणको समयमा वैकल्पिक मार्गको रुपमा बासपाटे पोखरा–बजादी–दोबाटा सडक प्रयोग आग्रह गरिएको छ। गाउँपालिकाले वडा नम्बर ५ बम्घा र न्यू प्रकृति निर्माण एण्ड सप्लायर्सलाई सडक बन्दको सूचना पाटी राख्नका लागि बोधार्थसहित पत्र पठाउनुका साथै आवश्यक सहयोगका लागि आग्रह गरिएको गाउँपालिकाले जनाएको छ।
– रमेश विश्वकर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































