काठमाडौँ, वैशाख ७ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ३९ पैसा र बिक्रीदर १४८ रुपियाँ ९९ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ५६ पैसा र बिक्रीदर १७५ रुपियाँ २६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपियाँ ५७ पैसा र बिक्रीदर २०१ रुपियाँ ३८ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ३७ पैसा र बिक्रीदर १०६ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ३७ पैसा र बिक्रीदर १०८ रुपियाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ ८३ पैसा र बिक्रीदर ११७ रुपियाँ ३० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ७७ पैसा र बिक्रीदर २१ रुपियाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ५६ पैसा र बिक्रीदर ३९ रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ७० पैसा र बिक्रीदर ४० रुपियाँ ८६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६५ पैसा र बिक्रीदर चार रुपियाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ४० पैसा र बिक्रीदर ४० रुपियाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ११ पैसा र बिक्रीदर १० रुपियाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ १९ पैसा र बिक्रीदर १६ रुपियाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३६ पैसा र बिक्रीदर २३ रुपियाँ ४५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ९५ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपियाँ ३८ पैसा र बिक्रीदर ४८६ रुपियाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपियाँ ६१ पैसा र बिक्रीदर ३९५ रुपियाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८७ रुपियाँ ४९ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































