गोरखा, भदौ २१ गते । यस वर्षको शरद ऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहणका लागि २९ वटा टोलीले अनुमति लिएका छन् ।
पर्यटन विभागको पछिल्लो तथ्याङ्कअनुसार कुल ३२ टोलीका ३६७ जना आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएकामा मनास्लुका लागि मात्रै २९ टोलीका ३४८ जना आरोही रहेका छन् । गोरखाको चुमनुब्री–१, सामागाउँमा रहेको आठ हजार १६३ मिटर अग्लो यो हिमालमा पछिल्ला वर्षहरूमा पर्वतारोहीको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ ।


यस सिजनमा पर्वतारोहण अनुमतिबाट पर्यटन विभागले कुल १५ करोड ९६ लाख २० हजार ८२८ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ, जसमध्ये मनास्लुका आरोहीहरूबाट मात्रै १५ करोड ८७ लाख ५६ हजार २५० रुपैयाँ राजस्व सङ्कलन भएको छ । हाल मनास्लु क्षेत्रमा शेर्पाहरूले क्याम्प निर्माण र बाटो बनाउने कार्य गरिरहेका छन् भने आरोहीहरू सोमबार (सेप्टेम्बर ७) पछि बेसक्याम्पतर्फ प्रस्थान गर्ने तयारीमा छन् ।


संसारको आठौँ र नेपालको सातौँ अग्लो मनास्लु हिमाललाई ‘किलर माउन्टेन’ का रूपमा पनि चिनिन्छ। बेसक्याम्प सामागाउँबाट मात्र दुई घण्टाको पैदल दूरीमा रहेकाले यो हिमाल आरोहीहरूको रोजाइमा पर्ने गरेको छ । सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलोपटक मनास्लुको सफल आरोहण गरेका थिए।
| विवरण (Detail) | जानकारी (Information) |
| हिमाल | मनास्लु (८,१६३ मिटर) |
| सिजन | शरद ऋतु (असोज, कात्तिक) |
| मनास्लु आरोही टोली / सङ्ख्या | २९ टोली / ३४८ आरोही |
| सङ्कलित कुल रोयल्टी | रु १५ करोड ९६ लाख २० हजार ८२८ |
| मनास्लुबाट प्राप्त रोयल्टी | रु १५ करोड ८७ लाख ५६ हजार २५० |
| पहिलो सफल आरोहण | सन् १९५६ (तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पा) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































