

तनहुँ, साउन २८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताउनुभएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँको जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै उहाँले ऋण लिएर अत्यावश्यक दैनिक खर्च चलाउनुपर्ने विगतको अवस्था अन्त्य गर्न सरकारले करको दायरा फराकिलो बनाउने नीति लिएको स्पष्ट पार्नुभयो।
जनताको विकाससम्बन्धी आकांक्षाको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र दातृ निकायको ऋणसमेत महँगो बन्दै गएको स्थितिमा मुलुक स्वयं धनी हुनुको विकल्प नरहेको उहाँको भनाइ छ। राज्यको साढे १३ सय अर्ब रुपियाँ दायित्वको तुलनामा आम्दानी १२ सय ५० अर्ब रुपियाँ मात्रै रहेकाले कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको भन्दै उहाँले कर विस्तार गर्दा सर्वसाधारणलाई आर्थिक भार नपर्ने गरी जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
सरकारले २१ सय २४ अर्ब रुपियाँको बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहन गरी ६६ खर्ब रुपियाँको अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको अर्थमन्त्री वाग्लेले प्रस्ट पार्नुभयो। साथै, गैरआवासीय तथा प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्ने अनुकूल वातावरण छिट्टै तयार गरिने जानकारीसमेत उहाँले दिनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































