

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित नपारी खुसी पारेर कर असुली गर्न कर प्रशासकहरूलाई निर्देशन दिनुभएको छ।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले कर सङ्कलनका क्रममा जबरजस्ती गर्ने र त्रसित बनाउने कार्य नगर्न आग्रह गर्नुभयो। “करदातालाई दपेटेर होइन, सहजीकरण गरेर खुसी पार्दै कर उठाउनुहोस्,” उहाँले भन्नुभयो, “कर तिर्न कुनै बोझ नहोस् र कोही पनि त्रसित नहुने गरी कर प्रशासनमा सुधार हुनुपर्छ।”
कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा प्रविधि सम्बन्धी समस्या आए समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभयो। साथै, आगामी आर्थिक वर्षको ‘मिसन १६ खर्ब‘ को राजस्व लक्ष्य पूरा गर्न, कारोबारलाई डिजिटल बनाउन, करदाता सचेतना बढाउन र सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई सूक्ष्म ढङ्गले हेर्न विभागीय नेतृत्वलाई उहाँले निर्देशन दिनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































