

काठमाडौँ, साउन ७ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पारदर्शी, प्रभावकारी र विश्वसनीय कर प्रशासनमार्फत नेपाललाई चाँडै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा आयोजित कार्यक्रममा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उहाँले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनले मिहीन ढङ्गले हेर्नुपर्नेमा जोड दिनुभयो।
करदाताहरूलाई त्रसित वा जबर्जस्ती नगरी स्वेच्छिक कर अनुपालनको माध्यमबाट करको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ थियो। उत्कृष्ट कार्य गरी राज्यलाई लाभ दिलाउने कर प्रशासकहरूलाई प्रोत्साहन गरिने प्रतिबद्धता जनाउँदै उहाँले डिजिटल कारोबार अभिवृद्धि र करदाता सचेतनाका कार्यक्रमलाई तीव्रता दिन निर्देशनसमेत दिनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























