07/16/2026, 07:55:38
बिहिबार, असार ३२, २०८३

बदलिँदो आवश्यकताका आधारमा युएनडिपीसँग विकास सहकार्य चाहन्छौँ : अर्थमन्त्री डा. वाग्ले


काठमाडौँ, असार ३२ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) सँग नयाँ किसिमको विकास सहकार्य खोजेको बताउनुभएको छ। नेपाल र युएनडिपीबिच सहकार्य सुरु भएको ६० औँ वर्षगाँठका अवसरमा काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो।

अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो— “यो सहकार्य केवल लगानीमा मात्र सीमित नभई एक विशाल अन्तरदेशीय समन्वय पनि हो। गरिबी निवारण, पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण र डिजिटल क्षेत्रमा युएनडिपीको योगदान अविस्मरणीय छ।

सोही अवसरमा युएनडिपीले नेपालमा गरेका कामहरूको ६० वर्षे ऐतिहासिक झलक समेटिएको तस्बिर कथा (फोटो किताब) ‘६० वर्षको सहयात्रा’ समेत सार्वजनिक गरिएको थियो।