05/24/2026, 13:38:31
आइतबार, जेठ १०, २०८३

सुरू भयो एमालेको सचिवालय बैठक


काठमाडौँ, जेठ १० गते । नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएकाे छ । शुक्रबारदेखि सुरु भएको बैठक आज चौथो दिनमा प्रवेश गरेको हो ।

बैठकमा शुक्रबार पाँच उपाध्यक्ष, महासचिव तथा उपमहासचिवहरूले आफ्ना धारणा राखिसकेका छन् भने शनिबार बहुसंख्यक सचिवालय सदस्यहरूले आफ्ना विचार प्रस्तुत गरेका थिए ।

आजको बैठकमा चार सचिवहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको जनाइएको छ । बैठकमा पार्टीभित्रको नेतृत्वको वरियता र कार्यविभाजनसम्बन्धी एजेन्डामाथि छलफल भइरहेको छ ।

यसैबीच, बैठकमा सहभागी अधिकांश नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । उनीहरूले पार्टी कठिन अवस्थामा पुगेको भन्दै नेतृत्व परिवर्तन आवश्यक भएको धारणा राखेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..