काठमाडौँ, चैत २७ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर दुई लाख ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा दुई लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ८५ रुपैयाँले बढेर तोलामा चार हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा चार हजार आठ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
