भक्तपुर, मङ्सिर २५ : नेकपा (एमाले) को ११ औँ महाधिवेशन उद्घाटनस्थल निर्माणको कार्य धमाधम भइरहेको छ।
महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा हुँदैछ। जसका लागि स्टेज बनाउने, पोष्टर बनाउने, तारबार लगाउने, साउन्ड सिस्टम जोड्ने र कुर्सी ल्याउने काम भइरहेको छ।
शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र आगामी राजनीतिक रणनीतिबारे सम्पादकहरूसमक्ष खुलस्त राख्ने तयारी गर्नुभएको छ। पुनः अर्को कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा रहनुभएका ओलीले महाधिवेशनको दिशा, संगठन सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महाधिवेशनमा आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्ने छ।



















– केशब गुरुङ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
