04/07/2026, 15:38:20
मङ्गलबार, चैत २४, २०८२

औद्योगिक सम्पत्ति र पानी जहाज विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो


काठमाडौँ, भदौ ५ : प्रतिनिधिसभाले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

सभाको बिहीबारको बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको आद्यौगिक सम्पत्तिसम्बन्धी विधेयक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तुत गर्नुभएको पानी जहाजसम्बन्धी विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले  ‘वैकल्पिक विकास वित्त परिचालन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’  पेस गर्नुभयो। प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ६ गते शुक्रबार अपराह्न १ बजे बस्ने छ।