नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ सेहरीमा मिनी टिलर (हाते ट्याक्टर)को सहायताले आलु निकाल्दै कृषक । पछिल्लो समय कृषि यन्त्रको सहायताले कृषकलाई सहज भएको छ
Click on Photo to Enlarge
मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङको सेताम्मे डाँफेलेक। सामान्यतः पुस माघमा पर्नुपर्ने हिउँ फागुनको पहिलो हप्तामा परेपछि हिमाली पाखाहरु अहिले सेताम्मे भएका छन्
Click on Photo to Enlarge
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ स्थित सनवोरा नदीमा शुक्रबार बिहान माछा मार्दै थारु समुदायका महिला । विशेषतः थारु समुदायले माछाका परिकारको प्रयोगको बढी गर्ने भएकाले दिनँहु महिलाहरु नदीमा जाल बोकेर माछा मार्ने कार्यमा सङ्लग्न हुने गरेका छन्
Click on Photo to Enlarge
तनहुँको भानु नगरपालिका–९ चितिखोलामा निर्माण गरिएको घुमाउने घर । पछिल्लो समयमा आधुनिक घर बन्न थालेपछि मौलिक परम्परागत घुमाउने घर लोप हुँदै गएको छ
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-२ स्थित झोङ गाउँ । विशेष गरी बौद्ध धर्म मान्ने र गुरुङ जातिको बसोबास रहेको यस गाउँको मुख्य आम्दानीको स्रोत खेतीपाती रहेको छ
Click on Photo to Enlarge
बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका-९ का भेडापालक किसान भेडाको ऊन प्रशोधन गर्दै । ऊन निकालेर कम्बल , स्विटरलगायतका सामाग्री बनाउन प्रयोग गरिन्छ
Click on Photo to Enlarge
मोरङको बेलबारी नगरपालिकास्थित बेतना सिमसारमा जलक्रीडामा रमाउँदै गरेका हाँसका बथान
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयमा देखिएका हिउँद छल्न बेँसी झरेका नेपालको संरक्षित चरा ‘कालो गरुड’
Click on Photo to Enlarge
म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लास्थित ५३ दशमलव ५ मेगावाट क्षमताको अपरम्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण गर्नका लागि डोजरको सहयोगमा पहाड काट्दै । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो
Click on Photo to Enlarge
सुर्खेतको वीरेन्द्रनगरमा बुधबार ऋति फाउण्डेसनद्वारा आयोजित कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ छैटौँ संस्करणको उद्घाटन सत्रमा ‘आश लाग्दो अर्थतन्त्र’ शीर्षकमाथि धारणा राख्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, व्यवसायी विदुषी राणा र उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल