अढाई महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु । करिब अढाई महिनादेखि बन्द भएको पोखरा–जोमसोम हवाई उडान बुधबारदेखि सञ्चालनमा । पोखराबाट १८ जना भारतीय नागरिक लिएर पहिलो उडान भरेको समिट एयरलाइन्सले आज बिहान ८ बजेर ५२ मिनेट जाँदा जोमसोम विमानस्थलमा अवतरण गरेको हो
Click on Photo to Enlarge
हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गराउन बोकेर लैजाँदै मजदुर । विशेषगरी वृद्धावस्थाका र शारीरिक रुपमा कमजोर हिँड्न नसक्ने भक्तजनहरुले दर्शन गर्न मजदुरको सहायताले लिने गरेका छन् । मजदुरका अनुसार एकजना पर्यटकलाइ मन्दिरसम्म लगेको चार हजार रुपैयाँ लिने गरेका छन्
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ साँघ गाउँमा रहेको राष्ट्रिय विभुती तथा समाज सुधारक महागुरु फाल्गुनन्दको सालिक
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्ग अन्तर्गत भुसकेत नजिकैको झोलुङ्गे पुल तर्दै गरेका पदयात्री र पृष्ठभूमिको निलगिरि हिमालको दृष्य
Click on Photo to Enlarge
काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्र अवलोकन गर्दै नेपाल घुम्न आएका विदेशी पर्यटक
Click on Photo to Enlarge
झापाको कनकाई नगरपालका–४ माईखोला पूर्वको कोटिहवन परिसरमा राखिएको गाईले बाच्छीलाई दुध खुवाउँदै गरेको गाई बाच्छीको प्रतिमा । नेपालको राष्ट्रिय जनावर गाईलाई हिन्दु धर्मालम्वीहरुले तिहारमा पुज्ने गर्दछन्
Click on Photo to Enlarge
सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय स्थल बाह्र बण्ड, अठार खण्डका नामले चिनिने अछाम जिल्लाको रामारोशन गाउँपालिकाको रामारोशन क्षेत्रमा अवस्थित तालमा भरिएका पातपतिङ्गर
Click on Photo to Enlarge
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, स्थित साम्दो हिउँले ढाकिएको घरका छानो । नुब्री भ्यालीमा र आसपास क्षेत्रमा सोमबार राति यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको छ
Click on Photo to Enlarge
जिल्ला खेलकुद विकास समिति इलामको आयोजनामा माई नगरपालिका–२ सितलीमा आइतबार १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा थारु जातिको साखिया नाच प्रस्तुत गर्दै स्थानीय महिला कलाकार । साखिया नाच थारु समुदायको प्रम्परागत सांस्कृतिक नृत्य हो । साखिया नाच बर्दिया, दाङ, बाके, कैलाली र कञ्चनपुरमा प्रचलित छ
Click on Photo to Enlarge
राज्यपक्ष र विद्रोहीपक्ष नेकपा (माओवादी)बीच चलेको १० वर्षे युद्धको दौरानमा २०५८ फागुन ४ गते आजकै दिन अछाम दरबार आक्रमण हुँदा तत्कालीन अछामका प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसहित एक सय २२ जनाले ज्यान गुमाएका थिए । आक्रमण भएको २३ वर्ष पूरा भएको छ । अछाम आक्रमण भएको आजको दिन अछामीहरूका लागि कालो दिन हो