बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका–२० मा व्यावसायिकरुपमा गरिएको ड्रागन फ्रुट खेती । पछिल्लो समय यसको माग बढेसँगै बाँकेमा व्यावसायिक खेती सुरु हुन थालेको छ
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित मघै गाउँको तोरी बारीमा आहाराको प्रतिक्षामा बसेको भद्राई चरा
Click on Photo to Enlarge
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि आधार शिविर पुग्ने पदमार्ग नहुँदा मनमोहक र रमणीय भएपनि यहाँ पर्यटन विकास हुनसकेको छैन्
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान लागेको बाक्लो हुस्सु
Click on Photo to Enlarge
तनहुँको भानु नगरपालिका–९ स्थित चितिखोलामा सञ्चालित ग्रीन हिमालयन फार्मस्टे । पर्यटकलाई स्थानीय कला, संस्कृति, रहनसहन र ग्रामीण जीवनशैली नजिकबाट अनुभव गर्न महत्वपूर्ण गन्तव्य बनेको छ
Click on Photo to Enlarge
सुनसरीको हरिनगर गाउँपालिकाका किसान खिलानन्द पाल भेडाको बथान चराउन लैजाँदै । सय वटा भेडा पालेका पाल हिजोआज चरन क्षेत्रको अभाव हुँदा भेडा पाल्न समस्या भएको बताउँछन् ।
Click on Photo to Enlarge
आराध्यदेव पशुपतिनाथ मन्दिरमा शनिबार दर्शन गर्न आएका भक्तजन
Click on Photo to Enlarge
रौतहटको चन्द्रपुर—१ पौराइटोलमा रहेको प्रख्यात ब्रह्मस्थान मन्दिर । यो मन्दिरमा हरेक शनिबार र मङ्गलबार भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ
Click on Photo to Enlarge
अछामको रामारोशन गाउँपालिका–६ का स्थानीयले पानी घट्टमा पिस्न लगेको मकै । घट्टमा पिसेको मकै, गहुँ र कोदोको पिठो खान मिठो हुने उनीहरु बताउँछन् तर परम्परादेखि सञ्चालित हुँदै आएका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएको छ
Click on Photo to Enlarge
कार्यसम्पादन मुल्याङ्कनमा देशैभरमा उत्कृष्ट गाउँपालिका बनेको धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको कार्यालय । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा नेत्रावती डवजोङ गाउँपालिका देशभरकै गाउँपालिका मध्ये पहिलो बनेको छ