समुद्र सदहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोला क्षेत्रमा रहेको सिङ्जेमा ताल । पछिल्लो समय तमोर कोरिडोर सडक टिप्ताला भन्ञ्याङ पुगेसँगै सिङ्जेमा ताल पर्यटकहरुको रोजाईमा पर्न थालेको छ
Click on Photo to Enlarge
चितवनको पर्यटकीय नगरी सौराहामा मङ्गबारदेखि सुरु भएको खाना महोत्सवको उद्घाटन समारोह अघि निकालिएको शोभायात्रामा आफ्नो सांस्कृतिक पहिरनमा सहभागी थारु समुदायका महिला । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा आजदेखि १९औँ संस्करणको महोत्सव सुरु भएको हो
Click on Photo to Enlarge
विभिन्न देशबाट नेपाल घुम्न आएका विदेशी पर्यटक भक्तपुर क्षेत्र अवलोकन गर्दै
Click on Photo to Enlarge
राप्तिसोनारी गाउँपालिका-३ बैसाको सिक्टा नहर अन्तर्गत पूर्वी नहरमा बगेको पानी । ५३ किलोमिटर लम्बाइ भएको पूर्वी नहरको पानीले यो क्षेत्रमा नौ हजार हेक्टर जमिन सिँचाइ गर्दछ
Click on Photo to Enlarge
मकवानपुरको थाहा नगरपालिका-४ स्थित सिम भञ्ज्याङमा रहेको बुद्धको प्रतिमा
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका-१६ स्थित मघै गाउँको खेतमा आहारा कुरेर बसेको हुटिट्याउ चरा
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ मा अवस्थित ओलाङचुगोला । यो नेपालको चीनसँगको सीमा क्षेत्रको प्रमुख बस्ती हो । यहाँबाट २४ किलोमिटर टाढा टिप्ताला नाका पर्दछ
Click on Photo to Enlarge
मनाङ ङिस्याङ गाउँपालिका–५ मा अवस्थित चौरीखर्कमा चरिरहेका याकचौरी र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल । जाडोमा तल झारिएका याकचौरी गर्मीयाममा यसै हिमालको फेदिमा लैजाने गरिन्छ
Click on Photo to Enlarge
मुग्लिन–पोखरा सडक योजना अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रे नजिक कालोपत्रका लागि सडक सम्याउँदै । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुनेदेखि पोखरासम्म सडक विस्तारको कामले तीव्रता पाएको छ
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुगोला क्षेत्रबाट सुरु हुने ‘ग्रेट हिमालयन ट्रेल’ अन्तर्गत तमोर नदी माथी रहेको काठेपुल