म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको सुगुरथला देखि धौलागिरि हिमालको आधार शिविर जाने क्रममा राहुघाट खोला तर्दै पदयात्रीहरु । धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गमा पर्ने यस क्षेत्रमा आवत जावतका लागि झोलुङ्गे पुलको आवश्यकता छ
Click on Photo to Enlarge
मङ्गलबार बिहान मुस्ताङबाट देखिएको सेताम्मे धौलागिरि हिमाल । सोमबार दिउँसो मुस्ताङमाआंशिक हिमपात भएपनि यस वर्ष अझै गतवर्षहरु जस्तो धेरै हिमपात हुन सकेको छैन
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका-१ मा गोरुगाडामा पराल ओसार्दै किसान । ट्याक्टरको बढ्दो प्रयोगसँगै पछिल्लो समय गोरुगाडाको प्रयोग न्युन हुँदै गएको छ
Click on Photo to Enlarge
बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरमा रहेको हात्तीसार दरबार । विसं १९४५ तिर निर्माण गरिएको दरबार बझाङी राजा जयपृथ्वीबहादुर सिंहले १९५१ सालतिर तराईबाट हात्तीको छावा ल्याएर राखेको हुनाले यसको नाम हात्तीसार दरबार नामकरण गरिएको हो । झन्डै २ मिटर चौडा गारो लगाइएको तीनतले यो दरबार निर्माणमा प्रयोग गरिएको वास्तुकला र इन्जिनियरिङ अद्वितीय खालको छ
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गको किनारमा ढकमक्क फुलेको सिमलकाे फूल
Click on Photo to Enlarge
बेसिशहर-चामे सडकखण्ड अन्तर्गत मनाङको नासो गाउँपालीकादेखि चामेसम्मको सडकखण्डको स्तरोन्नतीको गरिँदै । मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले डुम्रे-वेशीशहर-चामे-मनाङ्ग सडक आयोजनासँगको सहकार्यमा सडकको स्तरोन्नती कार्य गरेको हो
Click on Photo to Enlarge
म्याग्दीको मालिका गाउँपालिका-७ स्थित प्रभुचेला धुरी तपस्थली केन्द्रमा स्थापना गरिएको तपस्वी कपिलानन्द गिरीको मूर्ति । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि।सं १९७० देखि १९७५ सम्म यहाँ तपस्या गर्नुभएको थियो । प्रभुचेला धुरी तपस्थली केन्द्रमा यही माघ २१ गते उक्त मुर्ति स्थापना गरिएको हो
Click on Photo to Enlarge
सर्लाही चन्द्रनगर गाउँपालिका-७ स्थित रहेकाे ऐतिहासिक नाढीमन ताल । ५२ विगाहा क्षेत्रफलमा फैलिएकाे यस ताल अतिक्रमणमा परेर पछिल्ला समय ३१ विगामा खुम्चिएकाे छ
Click on Photo to Enlarge
लमजुङ क्वहोलासोथार गाउँपालिका–४ पर्यटकीय गाउँ भुजुङमा रहेको परम्परागत घुमाउने घर । गाउँघरबाट हराउँदै गएको मौलिक परम्परागत घुमाउने घर यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ
Click on Photo to Enlarge
भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित चट्टान कटान गरी निर्माण गरिएको सडक । सोही सडकमा हालै चार अर्ब २० करोडको बजेट अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरेर स्तरोन्नती काम हुने भएको छ