नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार ड्युक अफ एडिनबरा एडवार्डसहितको टोलीले बुधबार भक्तपुरको सम्पदा क्षेत्र अवलोकनको क्रममा यहाँको ऐतिहासिक सम्पदाको बारेमा जानकारी लिनुहुँदै
Click on Photo to Enlarge
बझाङको पाथिभेरा हिमालबाट देखिएको साइपाल हिमाल । गुराँस हिमशृङ्खलाअन्तर्गत पर्ने सुदूरपश्चिमको दोस्रो अग्लो हिमाल साइपालको उचाइ ७ हजार ३१ मिटर रहेको छ । यो हिमाल साइपाल गाउँपालिकाको वडा नं २ मा पर्दछ
Click on Photo to Enlarge
डोल्पाको जगदुल्ला गाउपालिका-३ स्थित हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र तीनमुली । यहाँ एकै ठाउँमा छुट्टाछुट्टै तीन वटा मुलबाट पानी निस्कने गर्दछ । यहाँ विभिन्न ठाउँबाट नुहाउन भक्तजन आउने गर्दछन्
Click on Photo to Enlarge
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुन झरनामा पानी जमेर बनेको हिउँको थुप्रो । समुद्र सतहदेखि तीन हजार सात सय १० मिटर उचाईमा रहेको सुन झरना हिउँद याममा जमेको हेर्न पर्यटकहरु पुग्ने गर्दछन्
Click on Photo to Enlarge
मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुन्छाल गाउँ । गोपाली समुदायको बसोबास रहेको यस गाउँमा पर्यटकका लागि घरबासको पनि व्यवस्था छ
Click on Photo to Enlarge
नेपाल—चीन सीमाको ५,१०० मिटर उचाइमा अवस्थित ताप्लेजुङस्थित टिप्ताला भञ्ज्याङमा गत बिहीबार पहिलो पटक मोटरसाइकल यात्रा गर्दै सिरिजङ्घा गाउँपालिकाका प्रविधिक चन्द्र माबो। नेपाल, भारत, र चीनलाई जोड्ने तमोर कोरिडोरमार्फत यहाँ पुग्न सकिन्छ
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलामा गलैँचा बुन्दै उद्यमी महिलाहरु । यहाँ उत्पादन गरिएको गलैँचा चीनमा निर्यात हुँदै आएको छ । प्रति गलैँचा १० हजार देखि २५ हजार रुपैँया सम्ममा खरिद बिक्री हुने गर्दछ
Click on Photo to Enlarge
प्युठानको स्वर्गद्वारी नगरपालिका-२ स्थित प्रसिद्ध धार्मिक, पर्यटकीयस्थल स्वर्गद्वारी मन्दिर । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहीआएको छ
Click on Photo to Enlarge
विश्व क्यान्सरविरुद्धको दिवसका अवसरमा मङ्गलबार चितवनको भरतपुरमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गरेको पैदलयात्रा कार्यक्रमका सहभागीहरु
Click on Photo to Enlarge
वसन्तपञ्चमीका अवसरमा सांस्कृतिक संस्थानले काठमाडौँमा सोमबार आयोजना गरेको ‘वसन्त शास्त्रीय सङ्गीत उत्सव २०८१’ कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार