बैतडीको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाको सिमानामा अवस्थित पाताल भूमेश्वर गुफा क्षेत्रमा रहेको ताल । पर्यटकीय महत्वको यो ताल अहिले संरक्षणको पर्खाइमा छ
Click on Photo to Enlarge
वसन्त पञ्चमी पर्वका अवसरमा सोमबार हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणका क्रममा आयोजित समारोहमा सहभागी हुँदै नेपाली सेनाको एक टुकुडी
Click on Photo to Enlarge
सुर्खेतको सिम्ता गाउँपालिकोको राकम र सल्यानको वनगाड कुपिण्डे नगरपालिका जोड्ने भेरी नदीमा रहेको बेलिब्रिज पुल । यहाँ पक्की पुल नहुँदा ठुला सवारी साधनमा ढुवानी गर्न समस्या हुँदै आएको छ
Click on Photo to Enlarge
मकवानपुर जिल्लाको थाहा नगरपालिका-४ मा अवस्थित पर्यटकीय क्षेत्र दामनस्थित भ्यू टावरमा आइतबार घुम्न आएका पर्यटक। समुद्री सतहबाट २ हजार ३ सय २२ मिटर उचाईमा रहेको टावरबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ
Click on Photo to Enlarge
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकारको तल्लो स्टेसनमा पर्यटक आकर्षित गर्न बनाइएको चियादानी
Click on Photo to Enlarge
बझाङको छविसपाथिभेरा गाउँपालिका–७ मा पर्ने पाथिभेरा हिमाल । चार हजार मिटरको उचाइमा रहेको यस हिमालबाट दार्चुलाको अपि हिमाल, बझाङकै साइपाल हिमाल, सुर्मा हिमाल, बाजुराको बड्डीमालिका लेकको अवलोकन गर्न सकिन्छ
Click on Photo to Enlarge
वसन्तपञ्चमी अर्थात सरस्वती पूजाका लागि मलङ्गवा नगरपालिका–४ मा निर्माणसहित रङ्गरोगन गरेर बिक्रीका लागि राखिएको विद्याकी देवी सरस्वतीको मूर्ति
Click on Photo to Enlarge
रोल्पाको सुनिल स्मृति गाउँपालिका -२ खुङ्ग्रीस्थित शक्तिपीठ त्रिपुरासुन्दरी देवीको मन्दिर । यस मन्दिरमा माघेसङ्क्रान्ति, वसन्त पञ्चमी र शिवरात्रिमा मेला लाग्ने स्थानीय बताउँछन्
Click on Photo to Enlarge
मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित राजारानी पोखरी । उक्त पोखरी यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय स्थल हो । पर्यटकहरु यस स्थलमा अध्ययन, अवलोकन गर्न, वनभोज खान आउने गर्छन्
Click on Photo to Enlarge
काठमाडौँको टोखा नगरपालिका वडा नं २ र ३ द्वारा शनिबार टोखा बजारमा गरिएको टोखा सडक नेवा:खाजा महोत्सवमा आएका सर्वसाधारण