बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा अवस्थित पर्यटकीयस्थल बढैयातालको मनमोहक दृश्य
Click on Photo to Enlarge
समुद्र सतह देखि पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्याङमा पहिलोपटक आइपुग्यो मोटरसाइकाल । राष्ट्रिय गौरवको आयोजना तमोरकोरिडोर सडक विस्तारले भारत–नेपाल–चीनलाई जोडेको छ । भारतको विराटनगर रानीबाट तमोर कोरिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ । दुई सय ९२ किलोमिटर लामो यो सडक भारत–नेपाल–चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ
Click on Photo to Enlarge
रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ का महिला नजिकैको जङ्गलबाट घाँस लिएर घर फर्कँदै
Click on Photo to Enlarge
बाँकेको जानकी गाउँपालिका-४ खाजुरानहरस्थित खटिक टोलका स्थानीय मनीराम खटिकले आगो बाल्नको लागि पराल र गोबर मिसाएर गुइँठा बनाउँदै
Click on Photo to Enlarge
बैतडीको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाको सिमानास्थित पाताल भूमेश्वर गुफा क्षेत्रमा रहेको शिव मन्दिर । प्रत्येक वर्ष शिवरात्रिका दिन यहाँ ठूलो मेला लाग्ने स्थानीयवासी बताउँछन्
Click on Photo to Enlarge
लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ स्थित पर्यटकीय गाउँ सिउरुङ गाउँमा रहेको परम्परागत घुमाउने घर । पछिल्लो समयमा यस्ता मौलिक परम्परागत घरहरू जिल्लामा लोप हुँदै गएका छन्
Click on Photo to Enlarge
राष्ट्रिय सोनाम ल्होसार मूल समारोह समितिले बिहीबार टुँडिखेलमा आयोजना गरेको सोनाम ल्होसार कार्यक्रममा परम्परागत पोशाकमा सजिएर सहभागी हुँदै तामाङ समुदाय
Click on Photo to Enlarge
राष्ट्रिय सोनाम ल्होसार मूल समारोह समितिले बिहीबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको सोनाम ल्होसार कार्यक्रममा सहभागीहरु
Click on Photo to Enlarge
बैतडीको दशरथ चन्द नगरपालिका–४ स्थित ईश्वरी गङ्गाधाम । पुजारी गोविन्द भट्टका अनुसार त्रेतायुगमा भगवान् श्रीरामले यहाँ स्नान गरी तपस्या गरेको विश्वास गरिन्छ । यस क्षेत्र राम पातालका नामले प्रसिद्ध छ
Click on Photo to Enlarge
बाँकेको कोहलपुर नगरपालिका-११ मा अवस्थित कोहलपुर बजार र आसपास