तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोलीमा निर्माण गरिएको मनकामना मन्दिर । पार्कसहितको यस ठाउँ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ
Click on Photo to Enlarge
चंखेली गाउँपालिकाको लिमिबाट कैलाश मनसरवर दर्शन गर्न जाँदा बीच बाटोमा भेटिने सिलुमा दह
Click on Photo to Enlarge
घोराही उपमहानगरपालिका–५ धर्ना स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसर धारापानीमा २०७५ सालमा स्थापना गरिएको विश्वको ठूलो त्रिशुल। पञ्च धातुबाट बनेको फाउन्डेसनसहित १३ हजार ३८० किलोग्राम र ५५.५ फिट उचाइ रहेको त्रिशुल हेर्नका लागि दैनिक पाँच सयदेखि एक हजारसम्म आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् । महाशिवरात्रिका अवसरमा यही फागुन १४ गते विशेष मेला लाग्ने भएकाले यहाँ अहिले मन्दिर सजाउने काम भइरहेको छ
Click on Photo to Enlarge
मनाङको चामे गाउँपालिका–१ तिमाङ गाउँबाट देखिएको मनासलु हिमाल । उक्त हिमाल किलर माउन्टेनको रुपमा पनि परिचित छ
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको नवनिर्मित मूल मठ । मठमा परापूर्व कालदेखि अहोरात्र तान्त्रिक विधिद्वारा पात्र देवताको पूजा हुँदै आइरहेको छ
Click on Photo to Enlarge
अछामको रामारोशन गाउँपालिका-५ का महिला ओखलमा धान कुट्दै । पछिल्लो समय आधुनिक मिलको प्रयोगसँगै घरेलु उद्योगका रूपमा प्रयोग हुँदै आएको ओखल प्रयोग हराउँदै गएको छ
Click on Photo to Enlarge
जुम्लाको चन्दननाथ नगरपालिका-२ स्थित भण्डारीबाडामा रहेको सहिदहरुका सालिक
Click on Photo to Enlarge
मनाङ चामे गाउँपालीका-३ काेताेस्थित छाेर्तेन र पृष्ठभूमिमा देखिएकाे अन्नपूर्ण हिमशृङ्खला
Click on Photo to Enlarge
मुग्लिङ–पोखरा सडक आयोजना पूर्वी खण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका -५ याम्पामा दुवै लेनमा दोस्रो चरणको कालोपत्र गरिएपछिको चिटिक्क सडक । पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ
Click on Photo to Enlarge
मोरङको बेलबारी नगरपालिकास्थित बेतना सिमसारमा निर्माण गरिएको ब्यागे कमिलाको प्रतिमा