धनकुटाको छथर जोरगाटी गाउँपालिका-५ स्थित परेवादिन सिमलचोकमा निर्माण गरिएको जोडी परेवाको स्तम्भ
Click on Photo to Enlarge
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित शुक्ला हिलेटार शिवालयमा रहेको शिवको मूर्ति
Click on Photo to Enlarge
महाशिवरात्रि पर्वको अवसरमा बुधबार झापाको अर्जुनधारा नगरपालिकास्थित पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा पूजाआराधाना तथा दर्शन गर्न आएका श्रद्धालु भक्तजनको भीड
Click on Photo to Enlarge
महाशिवरात्रिको अवसरमा जनकपुरधामस्थित पवित्र सरोवर गंगा सागरमा यहाँ अवस्थित शिवालयमा पूजाअर्चनाका लागि स्नान गर्दै भक्तजन। केही भक्तजनहरूले गंगा, यमुना र अदृश्य सरस्वती नदीको सङ्गम प्रयागराजको ल्याएको जल गंगा सागरमा अर्पण गरी स्नानपछि पूजाअर्चना गरेका छन्
Click on Photo to Enlarge
महाशिवरात्रिका अवसरमा सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित प्रशिद्ध शिवमन्दिरमा रहेको एउटै ढुंगाबाट बनेको अर्ध नागेश्वरको मूर्तिमा बुधबार बिहान पूजा आराधना गर्दै श्रद्धालु भक्तजन
Click on Photo to Enlarge
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आउनुभएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी)का टोलीको शिष्टाचार भेटपश्चात् सामूहिक तस्बिरमा
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित धार्मिक एवं ऐतिहासिकस्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठमा सोमबार लागेको पिरफिरे मेलामा आएका भक्तजन । परापूर्वकालदेखि हरेक वर्ष विजया एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पिर) फेरिने भएकाले पिरफिरे मेला भन्ने गरिएको हो
Click on Photo to Enlarge
प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिङ्गास्थित म्याग्दी नदीको किनारमा स्नान स्थलका लागि निर्माणाधीन पोखरी । १५/१५ फिट लम्बाइ चौडाई र दुई दशमलव पाँच फिट उचाई भएको एक पटकमा ८० जनाले स्नान गर्न सक्ने क्षमता रहेको पोखरी निर्माणको अन्तिम चरणमा पुगेको छ
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ स्थित ओलाङचुङगोला बस्ती । यो बस्तीबाट २४ किलोमिटर दूरीमा नेपाल-चीन व्यापारिक नाका टिप्ताला पुग्न सकिन्छ
Click on Photo to Enlarge
हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा रहेको श्रीराममहाक्रतु स्तम्भ । मुक्तिनाथ मन्दिरका प्रमुख पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार उक्त स्तम्भभित्र एक हजार करोड रामनाम मन्त्र रहेको छ