हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीमा भएको हिमपात
Click on Photo to Enlarge
काठमाडौँको सुन्धारास्थित धरहरा र आसपासको ड्रोनबाट खिचिएको दृश्य
Click on Photo to Enlarge
आधुनिक डिजाईनका सिमेन्ट र कङ्क्रिटका घर निर्माण बढेसँगै पुरानो काठका घर लोप हुँदै। नेपाल सरकारले २०३६ सालमा मोरङको पथरी शनिश्चरे–३ मा बस्ती बसाल्ने क्रममा बनाएको शिवलाल अधिकारीको पहिलो घर । दुई दशकसम्म तराईमा यस्ता सालका काठबाट बनेका घरहरु प्रशस्तै थिए
Click on Photo to Enlarge
रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटबाट देखिएको हिमपातपछि सेताम्मे सिस्ने गाउँपालिका-२ स्थित लालपाटन
Click on Photo to Enlarge
टोखा नगरपालिका ११ मनोरथ तीर्थस्थित विष्णुमती नदीमा शनिबार सरसफाइ गरिँदै । टोखा नगरपालिकाले विगत ४० हप्तादेखि प्रत्येक हप्ता शनिबार विष्णुमती सरसफाइ कार्यक्रम गर्दै आएको छ । सरसफाइमा जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, नगर प्रहरी, संघसंस्था, सर्वसाधारणको सहभागीता रहने गरेको छ
Click on Photo to Enlarge
नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारी नगरपालिकास्थित तमु बुद्धिस्ट गुम्बामा जारी दोस्रो प्रादेशिक ललितकला प्रदर्शनीमा राखिएका ललितकलाका सामाग्री
Click on Photo to Enlarge
काठमाडौँको बौद्धस्थित विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तूप । यो स्तूप नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूप हो
Click on Photo to Enlarge
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बलवाटोलमा निर्माण भएको मैथिली विकास कोषको नवनिर्मित मैथिली भवन । मधेस प्रदेशको करिब साढे सात करोड रुपैयाँको लगानीमा पाँच कट्ठा क्षेत्रफलमा बनेको यस भवनमा सांस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायतका आधुनिक रुपमा सुविधा सम्पन्न रहेका छन्
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका-५ स्थित करिब ३३ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीयस्थल पाण्डवेश्वर महादेव मन्दिर, धारपानी धाम । उक्त तस्बिर महाशिवरात्रिको दिन लिइएको हो
Click on Photo to Enlarge
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-२स्थित बुद्धिजीवीचोकमा रहेको भगवान् शिवको मूर्ति